२० कार्तिक २०८१, मंगलबार

प्रधानमन्त्रीको डायलासिस गरिएकोले डिस्चार्ज हुन केही दिन लाग्ने


Kp Oli

१३ कात्तिक, काठमाडौं । नियमित स्वास्थ्य जाँचको लागि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ ।

यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा भने यसबारे केही उल्लेख गरिएको छैन । प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले सूचना लुकाउन जोड गरिरहेको छ । प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुँदै गर्दा उनको सचिवालय टीमका सदस्यहरुले नियमित चेकजाँच गरेर अस्पतालबाट प्रधानमन्त्री र्फकन लागेको सञ्चार माध्यमलाई बताएका थिए । तर नेकपाको उच्च स्रोतसँग बुझ्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने जानकारी प्राप्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !