११ आश्विन २०८१, शुक्रबार

किन गरे एनआरएनएका संस्थापक अध्यक्ष महतोले सम्मेलनको बहिष्कार ?


२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले होटल हायातमा शुरु भएको (एनआरएनए) को नवौं विश्व सम्मेलन बहिस्कार गरेका छन् । महतोले एनआरएनएको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै सम्मेलन बहिस्कार गरेका हुन् ।
उक्त सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेकी थिइन् । डा. महतो ११–१३ अक्टोबर २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्ष चयन भएका थिए । संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !