१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका


राष्ट्रपति प्रधानमन्त्री ओली दशैं टीका फाइल फोटो

काठमाडौं, कार्तिक १० । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति भण्डारीले आज सोमबार बिहान १० बजेर १९ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका, जमरा र माला लगाइ दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिनुभएको छ । उहाँले सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल सहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाई दिनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !