२० असोज, काठमाडौं । वडा दशैँ भनेसंगै सबैको मनमा र सबैलाई खुसी भएको छ । नहोस पनि कसरि ? राष्ट्रिय चाडको रुपमा मानिने यो वडा दशैँ सबै नेपालीहरुको लागि विशेष रहेको बेलामा निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुख पदवाट राजीनामा दिएका थिए । उनलाई बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।
उनलाई भेट्न सुभचिन्तकहरुको रोइलो लागे पनि भेट्नलाई अनुमति नभएपछि निराश भएर फर्कने गरेका छन् । उनलाई भेट्न परिवारका सदस्यहरुलाई मात्र अनुमति दिएका छन् । परिवारका सदस्यहरु खाना लिएर भेट्न आउने गरेको प्रहरीले बताए ।