११ आश्विन २०८१, शुक्रबार

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र


foreign

५ असोज, काठमाडौं । थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् ।
ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो । इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो ।
मानव तस्करका दलालहरुले चर्को यातना दिएर उनीहरुलाई अस्ट्रेलियाको बोर्डर पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले । घरबाट पैसा मगाउन नसकेपछि दलालले उनीहरुलाई इन्डोनेसिया अध्यागमनको जिम्म लगाए । यो समाचार आजको नागरिक दैनिकमा हरिकृष्ण गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु