२९ कार्तिक २०८१, बिहीबार

७४ छाडा कुकुरको बन्ध्याकरण


dog

मेलम्ची, ३१ भदौ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गराएको थियो ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिनुभयो ।गाउँपालिकाभित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त गाउँपालिकाले जनाएको छ । यो अभियानमा स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख बरुवालले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !