१० मंसिर २०८१, सोमबार

पत्रकार सम्मेलनमा यस कारण गरे ज्ञानेन्द्र शाहीमाथि हातपात


२९ भदौं, काठमाडौं । ज्ञानेन्द्र शाहीले आयोजना गरिएको पत्रकार सम्मेलनमा शाहीमाथि नै हातपात भएको छ । ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा शनिवार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहार र सो घटना किन भयो भनेर आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलन गर्दैगर्दा शाहीमाथि हातपात भएको हो ।

सम्मेलनमा शाहीलाई उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो । ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाई कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए । आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीले शाहीलाई उद्धार गर्नुपरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !