९ आश्विन २०८१, बुधबार

दशैअघि यातायात भाडा नबढ्ने


bus

२२ भदौं, काठमाडौं । आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।

सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।

‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !