९ आश्विन २०८१, बुधबार

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक बेहोस्, सिकारुले उतारे विमान


airlines

१७ भदौं, काठमाडौं । प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन् ।

पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।

उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !