९ आश्विन २०८१, बुधबार

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप


१६ भदौं, काठमाडौं । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ ।

नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका तीन विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवदेन समितिले सार्वजनिक गर्न नसकेको हो ।

निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।

निगमको समग्र अवस्थाबारे अध्ययन गरिएको प्रतिवदेनमा वाइडबडी खरिदको प्रक्रियामा नै त्रुटि रहेको उल्लेख छ ।

प्रतिवेदनमा केही मिलाउनुपर्छ भन्दै सभापति पार्वती निरौलाले सार्वजनिक गर्न तत्परता नदेखाएको उपसमितिका सदस्य तथा सत्तापक्षका एक सांसदले बताए । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !