९ आश्विन २०८१, बुधबार

मलेशिया रोजागरी खुलाउन सरकारलाई थप सकस


मलेसिया

१६ भदौं, काठमाडौं । १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ ।

मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो ।

यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो ।
यसैक्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य संस्थाको सूचीकरण गर्यो ।

तर हालै मात्र नेपालस्थित मलेशियाली दूतावासले आफ्ना पूराना ३७ संस्थाले गरेको स्वास्थ्य परीक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !