८ आश्विन २०८१, मंगलबार

पक्राउको डरले बस्तीभरि ताला


तालाबन्दी

३० साउन, काठमाडौं । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँस परालले हाल्ने केही छैन । बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एकसयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् ।

हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !