८ आश्विन २०८१, मंगलबार

रमण–पप्पुलाई कालोसूचीमा राख्न सिफारिस


२५ साउन, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ ।

हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर (जेभी) लाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि यो जेभीलाई नयाँ ठेक्कामा रोक लगाएको हो ।

निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो । कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !