८ आश्विन २०८१, मंगलबार

जापानमा एजीटीले निगमको टिकट बेच्ने


airlines

२२ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले जापानमा टिकट बिक्री गर्न त्यहाँको एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजिटी) लाई प्यासेन्जर सेल्स एजेन्ट (पिएसए) नियुक्त गरेको छ ।

निगम व्यवस्थापनले एजीटीलाई टिकट बिक्री गर्ने एजेन्टका रुपमा नियुक्त गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकरी दिए । यो जापानको प्रख्यात ट्राभल कम्पनी एचआईएस कम्पनी लिमिटेडको सहायक कमपनी हो । एजीटीले काठमाडौँ–ओसाका–काठमाडौँ रुटको टिकट बिक्री गर्ने निमगको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले बताए ।

यो रुटमा निगमले हाललाई प्रवद्र्धनात्मक भाडा दर ७२ हजार हाराहारी (दुईतर्फी) घोषणा गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !