१२ असार २०८१, बुधबार

माडी–ठोरी हुलाकी सडक अवरुद्ध


Nepalpatra

चितवन, ८ साउन । माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि सडकखण्ड अवरुद्ध भएको हो । रिउखोला बढेर बस्ती पस्न सक्ने देखिएपछि त्यस क्षेत्रका जनतालाई सचेत गराइएको पनि उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !