१२ असार २०८१, बुधबार

चप्पल लगाएर बाढीपिडितको घाउमा मल्हम लगाउन पुगेका डा. केसी सम्मानित


५ साउन, काठमान्डौ । घुडा सम्म दोबारिएको खैरो रंगको पाइन्ट हाफ टिसट अनि गलामा बेरिएको फेटा लगाएर सम्मान थाप्दै थिए डाक्टर गोबिन्द केसी । रौतहटका बाढीपिडितहरुको निशुल्क स्वास्थ्य उपचार गर्न पुगेका चर्चित समाजसेवी डाक्टर गोविन्द केसीलाई बंजरहाका बासीन्दाहरुले सम्मान गरेका थिए ।

बाढीबाट प्रभावित भई रोगी बनेकाहरुको उपचारका लागि शुक्रबार रौतहट पुगेका डाक्टर केसी बाढी प्रभावित क्षेत्र इशनाथ नगरपालिकाको वडा नंं. १ को बंजरहकाबासीन्दाहरुलाई २ दिन सम्म निशुल्क उपचार गरे पछि खुशी हुदैं स्थानियबासीहरुले कदर पत्र प्रदान गर्दै डाक्टर केसीलाई शनिबार सम्मान गरेका हुन् ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका अन्य समान्यरोगहरुबाट प्रभावित करिब ३५० भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क रुपमा औषधी वितरण गरेका छन् ।

स्थानीय स्वास्थ्य कर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसी संग स्वास्थ्य परिक्षण गराएका छन् ।स्वास्थ्य परिक्षण गर्न आएका डाक्टर केसी बंजरहाका बाढीपिडितहरुका पिडा देखे पछि बृद्ध तथा महिलाहरुलाई लताकपडाहरु समेत वितरण गरेका छन् । विपतीका बेला विकट ठाउमा आई यसरी निश्वार्थरुपमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका डाक्टर केसीको विदाई गर्दा स्थानियहरु भाबुक भएको स्थानिय गृषनन्दन सिंहले बताए ।-सिधाअनलाइनखबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !