७ आश्विन २०८१, सोमबार

भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश


जग्गा

१ साउन, काठमाडौं । भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ ।

पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ । यो समाचार कान्तिरपुर दैनिकमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !