७ जेष्ठ २०८१, सोमबार

राष्ट्रपति कार्यालयभित्रको फोटो सार्वजनिक गर्ने अभिनेता खनालमाथि गम्भीर आरोप


काठमाडौं । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज खनाल शौचालयको कमोडमा बसेको तस्विर यतिबेला भाइरल भएको छ ।

तस्विर बाहिरिएसँगै राष्ट्रिय अवार्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनकै निवासमा बाँडिएको ०७३, ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा बस्ने ठाउँ नभएर कलाकार शौचालयको कमोडमा बस्न बाध्य भएको भन्दै सरोजले तस्बिर पोष्ट गरेका थिए ।

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै बोर्डले अभिनेता सरोज खनालको उक्त तस्बिर कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !