११ आश्विन २०८१, शुक्रबार

फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास


२६ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ ।

महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो ।

तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो ।

ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !