५ आश्विन २०८१, शनिबार

हावाहुरीले २ को मृत्यु, १०० भन्दा बढी घाइते (अपडेट)


कैलाली र कञ्चनपुरमा हावाहुरी

धनगढी, २४ जेठ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा बिहीबार साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने १०० भन्दा बढी घाइते भएका छन् । टीकापुर-२ मा पर्खाल भत्किएर लाहनु चौधरीको मृृत्यु भएको छ । त्यस्तै गोदावरी-८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो । पूर्वतिरबाट आइरहेको बा ३ प ३८३६ नम्बरको टिपरले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो । घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

हुरी बतासका कारण जनजीवन निकै प्रभावित बनेको थियो । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका छन् । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध हुनुका साथै विजुलीका खम्बा ढली विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !