४ आश्विन २०८१, शुक्रबार

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा


विमानस्थल

२७ वैसाख, काठमाडौं । गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ । नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन । तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन् ।

अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ । घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !