३ आश्विन २०८१, बिहीबार

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा


१६ वैसाख, नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

प्रहरीका अनुसार नौ महिनाअघि नेपालगन्ज कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना परिसरभित्रको कित्ता नम्बर २१० को ५ कट्ठा १३ धुर जग्गा भूमाफिया खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी स्रेस्ता कायम गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !