३ आश्विन २०८१, बिहीबार

आफ्नै काकाको छोराले पैत्तृक सम्पत्ति हडप्न खोजेको भन्दै रौतहटका राजासहनी मिडियामा आए


१० बैशाख, काठमाडौं । रौतहटजिल्लागरुडा नगरपालिका–३ मलाहीटोलका स्थानीयबासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमनगर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले बेला–बेलामाआफुमाथि मुद्दा दायर गर्दै दुःखदिएको तथाआफ्नी छोरी ललितादेवीलाईधनिबनाई र राजा सहिनीलाई ऋणी बनाई जालीतमसुकबनाएरआफ्नो सम्पत्ति हड्प्न खोजेको सुनाएकाहुन् ।

२०६९ चैत्र ६ गते जिल्लामालपोत कार्यालय रौतहटबाट नक्कलीतमकुस बनाई रु ३,००,००० (अक्षेरुपीतीनलाख) रुपैयाँको राजा सहनीलाई ऋणी बनाई जिल्लाअदालत रौतहटमा नीज रामचन्द्रसहनीले आफनी छोरी ललिता देवीमार्फत मुद्दा दायरगर्दा उक्तकपाली तमसुकलाई जिल्लाअदालत रौतहटबाट चेकजाँचको लागिबिधि–बिज्ञान प्रयोगशालाखुमलटारमा पठाउँदा उक्तकपालीतमसुकजाली र किर्ते ठहर भएर गएकोपनिउनलेबताए ।

रामचन्द्र सहनीले आफ्नो छोरा त्रैलोक्य सहनीलाई २०७० जेष्ठ २ गतेको मिति राखि ३७,००,००० (सैत्तिस लाख) कोजालीकपालीतमसुकबनाई त्यही राजा सहनीलाई ऋणीबनाई नीज राजा सहनीको पुरै सम्पत्ति हड्प्नको लागिजिल्लाअदालत रौतहटमा मुद्दा दायर गर्दा अदालतले उक्ततमसुक चेकजाँचगर्नको लागिबिधि–विज्ञान प्रयोगशाला खुमलटारमा पठाएकोमाउक्तकपालीतमसुक सदर गराउनको लागि केहीदलालतथाभूमाफियाहरुको चलखेल देखिएको उनको भनाई छ ।

सो कपाली तमसुकलाई बिधि–बिज्ञान प्रयोगशालाले सदरी गरि पठाईसक्दापनिआफुले न्यायनपाएको पीडितको गुनासो छ ।आफुले भोगचलनगर्दै आएको जमिनमाथिको किचलोले आफु अन्यायमा पर्दैगएको उनको भनाई छ ।

निज रामचन्द्र सहनीले पैसाको चलखेल गरेर विधि विज्ञान प्रयोगशालाबाट आफ्नो हस्ताक्षर मिलेको भनी प्रमाणित गरेकोमापनि राजा सहनीले आपत्तिजनाए ।

उनले आफ्नै काकाका छोराले यसरी जालसाँझी गराएर पैत्तृक सम्पत्ति हडप्न खोजेको सुनाउँदै यो प्रकरणमा सरकारले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने र दोषी प्रमाणित भएआफू कानूनबमोजिम सजायभोग्नतयार रहेको पनि सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !