३१ भाद्र २०८१, सोमबार

पोखरामा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली हुँदै


१७ फागुन, पोखरा  ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । दिवंगत अधिकारीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई, मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस नेता चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरिसकेपछि सर्वसाधारणका लागि खुला गरिने छ । उनको शव अपराह्न पौने १ बजे काठमाडौंको टुँडिखेलबाट पोखरा ल्याइएको हो। अन्तिम श्रद्धाञ्जलीपछि राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ। मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा हुने तय भएको छ। नगरका विभिन्न स्थानमा शवयात्रा सहित रामघाट पुग्ने र त्यहीँ अन्तिम संस्कार गरिने छ।

मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार नगर परिक्रमासहितको शवयात्रा गरिने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम गरिनेछ। यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताइएको छ। यसपछि नगर परिक्रमासहित शवयात्रा गरिने तय भएको मुख्यमन्त्री गुरुङले बताए । पोखरा प्रदर्शनीकेन्द्रबाट सुरु भएको शवयात्रा नयाँ बजार, महेन्द्र पुल, रानीपौवा, हस्पिटल मार्ग हुँदै रामघाट पुग्नेछ। सेती नदी किनार रामघाटमा मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने रुट तय गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !