६ असार २०८१, बिहिबार

टुँडिखेलमा श्रद्धाञ्जली भोलि मात्रै हुने


las

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

मन्त्री अधिकारीसहित अन्यको शव शुक्रबार ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।

‘पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्री सहितका व्यक्तित्वप्रति श्रद्धान्जली कार्यक्रम भोलि बिहान ८-११ बजेसम्म हुने छ’, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य विष्णु रिमालले ट्विट गरेका छन् ।

त्यसपछि अधिकारीको शव पोखरा लगिने छ । अन्यको शव आफन्तलाई बुझाइने छ । यसअघि, बिहीबार नै टुँडिखेलमा श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको थियो । दुई जनाको मात्रै सनाखत भएको छ भने अन्यको भने हुन नसकेको छैन । अब डिएनएबाट शव सनाखत गरिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु