१२ असार २०८१, बुधबार

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको मृत्यु


fishtail air accident

काठमाडौं : गोर्खाबाट विरामी बोकेर आएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा यात्रारत सबै ७ जनाको मृत्यु भएको छ। ५ यात्रु र एक नाबालकसहित ७ जना हेलिकप्टरमा थिए।

‘कोही पनि जिवित हुनुहुन्न भन्ने खबर आएको छ,’ फिसटेल एयरका रमेश सिवाकोटीले पहिलोपोस्टसँग भने। उनका अनुसार दुर्घटनामा मारिनेमा चार गुरुङ एक तामाङ छन् यात्रु छन्। एक नाबालक र एक पाइलट पनि ज्यान गुमाउनेमा परे।

दुर्घटनामा ज्यान गुमाउनेमा प्रिती गुरुङ, कितमान गुरुङ, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ र निशा तामाङ रहेका छन्। नाबालकको नाम खुलेको छैन।

हेलिकप्टर क्याप्टेन रञ्जन लिम्बुले उडाएका थिए। नुवाकोट जिल्लाको मदानपुर गाविस बडा नम्वर ९ बेतनी जंगलको पाखुरी भन्ने ठाउँमा हेलिकप्टर दुर्घटना भएको हो।

फिस्टेल एयरको नाइन एन के ए कल साइनको हलिकप्टरमा दुर्घटनास्थल पुगेका प्रहरी निरीक्षक कैलाश भट्टराईले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार कुनै यात्रु सकुसल भेटिएनन्। उनले भने, ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौं। यहाँ सबै यात्रुको लास छरपस्ट छन्, कुन कस्को भन्ने छुट्याउन सकिएको छैन।

fishtail air accident


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !