४ आश्विन २०८१, शुक्रबार

आत्मरक्षाका लागि महिला तयार हुन जरुरी


Trilochan Bhatta

२० असोज, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि सातदिने आत्मरक्षा शिविरको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तीनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।”

समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताउनुभयो ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले महिलाको लागि सात दिने आत्मरक्षाको तालिमबाट महिलामा आत्मविश्वासको अभिवृद्धि भई बलात्कार र हिंसाजस्ता अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट आजदेखि शुरु भई असोज २६ गते प्रदेश नं १ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालीममा सहभागीका लागि करीब एक हजार ७०० भन्दा महिला तथा बालबालिकाले फाराम भरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !