१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न


KP Oli

१४ असोज, सान होजे  । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न हुनुभयो । उहाँको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे ।

त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !