४ आश्विन २०८१, शुक्रबार

पूर्वाञ्चलमै पहिलो पशु अस्पताल सञ्चालनमा


Vet11

५ असोज, इटहरी । पूर्वाञ्चलको मुख्य सहर इटहरीमा आधुनिक ल्याब र फार्मेसीसहित गुणस्तरीय पशु स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले पहिलोपटक पुर्वाञ्चल भेट फर्मा सञ्चालनमा ल्याइएको छ । झापा, मोरंग, सुनसरी र धनकुटाको केही भू–भागका सेवाग्राहीलाई लक्षित गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

vet1अस्पतालमा दैनिक चार कन्सल्टेन्ट डाक्टरले सेवा दिनेछन् । पशु तथा पंक्षीको स्वास्थ्य सेवाका लागि बरिष्ठ डाक्टर मनोज कुमार महत्तोसहित, डा. जय बिक्रम साह, डा. रूस्तम थापा क्षेत्री र डा. रविन राईले घरघरमै पुगेर सेवा दिने अस्पतालले बताएको छ ।

भेटेनरी क्लिनिक एंड ल्याबले गत बुधबारवाट गुणस्तरीय सेवा शुभराम्भ गरेको अस्पतालका संचालक चन्द्र कटुवालले बताए । अस्पतालको आफ्नै आधुनिक ल्याब र फार्मेसीसमेत रहेकोले सेवाग्राहीले सहज र छिटो सेवा पाउने संचालकको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !