४ आश्विन २०८१, शुक्रबार

न्यायिक क्षेत्रमा जनशक्ति अभाव


Law

४ असोज, वीरेन्द्रनगर ।  उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताउनुभएको छ । पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार वीरेन्द्रनगरमा कानून सङ्कायका विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

विगतदेखि नै कानुन पढेका जनशक्तिको अभावका कारण कानूनी काम कारबाहीमा बाधाअड्चन थपिँदै आएको छ भन्दै मुख्य न्यायाधिश पोखरेलले आवश्यकतानुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत रहेको गुनासो गर्नुभयो । जिल्लामा पहिलोपटक माध्यमिक तहमा कानून विषय अध्यापन भएपछि दक्ष जनशक्ति आपूर्तिमा सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले कानून व्यवसायी समाज र सभ्यताको रक्षक भएको चर्चा गर्दै संसारमा महत्वपूर्ण मानिएका दुई कोटमध्ये सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्दछ भन्नुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !