४ जेष्ठ २०८१, शुक्रबार

नेता नेपाल घाना प्रस्थान


Madav Kumar Nepal

३ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गर्नुभएको छ ।

घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !