१२ असार २०८१, बुधबार

नयाँ संविधान लोकतान्त्रिक भएको दाबी


sambidhan

२ असोज, पथरी, मोरङ  । मोरङका प्रबुद्ध वर्गहरुले नेपालको संविधान २०७२ लोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको छ ।

बुदिजीवी एवं प्राध्यापक डा भेषप्रसाद धमलाले नेपालको संविधान २०७२ मा केही त्रुटि भए पनि लोकतान्त्रिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा केही अन्तर्विरोध छ भने त्यसलाई समयअनुरुप परिमार्जन गरेर लैजानुपर्छ ।”

उहाँका अनुसार जनताको त्याग बलिदानबाट जनताले जनताका लागि र जनताद्वारा निर्माण गरिएको संविधान अक्षरस पालना गनुपर्ने एकातिर आवश्यकता छ भने सबैको चित्त बुझाउन ठूलो चुनौती छ ।

अर्का बुद्धिजीवी प्राध्यापक देवी पन्थीले वर्तमान संविधान जनताको पक्षमा देखिए पनि व्यवहारमा नदेखिएको बताउनुभयो । उहाँलेभन्नु भयो, “जनताको जीवनस्तर उकास्न यो संविधानले भूमिका खेल्नुपर्ने थियो, तर त्यो भएन यसलाई समय सापेक्ष बनाउनु पर्छ ।” पन्थीका अनुसार विश्वका अन्य मुलुकहरुमा पनि समय सापेक्ष संविधान संशोधन भएको इतिहास छ त्यसैले छिमेकी मुलुक भारतमा पनि समय परिर्वतनसँगै संविधान संशोधन धेरै पटक भएको छ । त्यसैले वर्तमान संविधानलाई समेत समय सापेक्ष परिमार्जन गर्नुपर्छ ।

नेपालको इतिहासमा २००४ सालमा तत्कालीन राणा शासक चन्द्र शम्शेरको पालमा पहिलोपटक लिखित कानूनको दस्तावेज निमार्ण भएको पाइन्छ । त्यसपछि २००७ साल, २०१५ साल, २०१९ साल, २०४७ साल र २०६३ साल गरी पटक–पटक तत्कालीन शासक तथा जनता र राजनीतिक नेतृत्वहरुबाट आ–आफ्ना इच्छानुसार जनताको चाहना भनी संविधान लेखिएको पढ्न पाइन्छ । त्यतिखेरका संविधानहरु विश्वको उत्कृष्ट भनी दाबी गरिएको थियो । तर कार्यान्वयन हुन नसक्दा र जनताको आवश्यकता पूरा गर्न नसक्दा २०६२÷२०६३ को जनदान्दोलनको देशले सामना गर्नुप¥यो । सोही आन्दोलनलको पछिका नेतृत्वकै पहलमा नयाँ संविधान २०७२ साल असोज ३ गते जारी भयो ।

बुद्धिजीवी सुभाष कामतले भन्नुभयो, “हाल मुलुकको राजनीतिक परिस्थिति र जनताको त्याग तपस्याबाट मुलुकमा शान्ति र अमन चयन कायम गर्न आएको वर्तमान संविधानको विकल्प छैन ।”

नयाँ संविधानमा सङ्घीयता धर्म निरपेक्षता, गणतन्त्र, आमाको नामबाट नगरिकताको प्रावधान, बृहत् मौलिक हक अधिकार, संवैधानिक अङ्गहरुमा वृद्धि, मन्त्रिपरिषद् सदस्य किटान, गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने सम्बन्धी व्यवस्था, राज्यको माथिल्लो पदमा लैङ्गिक प्रतिनिधित्वको सुनिश्चितता, माओवादी सशस्त्र विद्रोहको सम्बोधनजस्ता विशेषता रहेको शिक्षक यज्ञराज पोखरेलको भनाइ छ ।

प्रदेश नं १ मा दीपावलीसहित उत्सव 

चौथो संविधान दिवसका अवसरमा प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर प्रदेश १ मा दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५०१ सदस्यीय समिति गठन गरी प्रदेश सरकारले संविधान दिवसको अवसरमा दीपावलीसहित उत्सव मनाउने तयारी गरेको हो । प्रदेश सरकारले संविधान दिवसको अवसरमा घरघरमा दीपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रदेश सरकारले बुधबार विविध कार्यक्रम र बिहीबार विद्यालयस्तरमा कार्यक्रम गर्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । प्रदेश सरकारले तीन दिन प्रदेश भरी नै उत्सवको रुपमा संविधान दिवस मनाउन सबैलाई आग्रह गर्नुभयो । एक सय ३७ वटै स्थानीय तहमा संविधान दिवस मनाउनका लागि निर्देशन दिइसकेको उहाँको भनाई थियो ।

मन्त्री कार्कीका अनुसार सरकारको सकारात्मक प्रयासमा यस पटक हजारौँको सहभागितामा विराटनगरमा कार्यक्रमको तयारी गरेको जानकारी दिनुभयो । संविधान दिवसको अवसरमा असोज ३ गते सूर्याेदय हुनासाथ प्रदेश प्रहरीले बिगुल बजाउने, विभिन्न स्थानमा पाठपूजा गर्ने, सूचनामूलक सामग्री प्रस्तुत गर्ने, बिहान ८ बजे विराटनगरको शहीद मैदानमा कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने कार्यक्रममा सम्पूर्ण क्षेत्रका मानिसलाई स्वस्फूर्तरुपमा सहभागी हुन आग्रह गरिएको छ । शहीद रङ्गशालाको कार्यक्रममा नेपाली सेना तथा प्रहरीको विषेश प्रस्तुती रहने छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !