४ आश्विन २०८१, शुक्रबार

हुण्डाईको विद्युतीय गाडी ‘आयोनिक’ सार्वजनिक


Electric Car

३१ भदाै, काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ ।

कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘आयोनिक’ नामक कार बजारमा भित्र्याएको हो । कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ ।

यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

५ सिट क्षमता भएको यो गाडीमा रहेको अटोनोमस ब्रेकिङ सिस्टमले ठक्कर लाग्न लागे सुचना दिने र आफै रोकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । गाडीको रनिङ कस्ट प्रति किलोमिटरको १ रुपैयाँ ५० पैसा पर्नेछ ।  यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ।

विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !