४ आश्विन २०८१, शुक्रबार

अब झापाका बजार सातै बार खुल्ने


Jhapa

२९ भदौ, भद्रपुर ।  नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् ।

विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल/व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् ।

झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए ।

नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !