२ कार्तिक २०८१, शुक्रबार

नेपाल र बङ्गलादेश बीचको खेल शुरु


saf championship football

२३ भदौ, काठमाडौँ ।  साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल भर्खरै शुरु भएको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशाामा शुरु भएको आजको खेल जित्न सके नेपाल सेमिफाइन प्रवेश गर्नेछ भने पराजित भए समूह चरणबाटै घर फर्कनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्दै सेमिफाइलन प्रवेशको सम्भावना कायमै राखेको छ ।

नेपाललाई सेमिफाइनल पुग्न बङ्गलादेशसँगको खेल जित्नैपर्नेछ भने बङ्गलादेशले नेपालसँग बराबरी खेलेमात्र सेमिफाइनल पुग्नेछ ।

समूह ‘ए’बाट पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । आजै भएको खेलमा भुटानलाई ३–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल पुगेको हो । भुटान भने तीनै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !