४ असार २०८१, मंगलबार

सङ्घीयता मुलुकले थेग्न सक्दैन : अध्यक्ष केसी


chitrabahadur karki

२३ भदौ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाउनुभएको छ । 

राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले सङ्घीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताउनुभयो ।

अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पार्नुभयो । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको ¥याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु