६ जेष्ठ २०८१, आइतबार

समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व– अध्यक्ष ‘प्रचण्ड’


Prachanda प्रचण्ड

१८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ ।

प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताउनुभयो ।

त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !