१२ आश्विन २०८१, शनिबार

भारतका राष्ट्रपति आठ दिने युरोप भ्रमणमा


Ramnath

१८ भदौ, नयाँ दिल्ली ।  भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

आठ दिने भ्रमणको क्रममा उहाँले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहनुभएको छ । (रासस/एएनआइ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !