५ आश्विन २०८१, शनिबार

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा


Myanmar1

१५ भदौ, ललितपुर । म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गर्नुभएको छ ।
बिहान ११ बजे पुग्नुभएका उहाँ झण्डै एक घण्टा पाटन क्षेत्रमा रहनुुभएको थियो । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गर्नुभएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राख्नुभएको प्याकुरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरेर यहाँका झाँकीमा उहाँले चासो देखाउनुभएको छ ।” हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) सम्मेलनका लागि उहाँ नेपाल आउनुभएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !