११ असार २०८१, मंगलबार

रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


Kp Oli

१५ भदौ, काठमाडाँै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गर्नुएको छ । उहाँले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाउनुभएको छ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर स्व रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !