५ आश्विन २०८१, शनिबार

क्रिकेट विश्वकप ट्रफी नेपालमा ल्याइने


Cricket trophy

१० भदौ, काठमाडौं । आगामी वर्षको मेबाट सुरु हुने एक दिवसीय क्रिकेट विश्वकपको ट्रफी टुर युएईकको दुबईबाट सुरु हुँदैछ । उक्त ट्रफी नेपालमा समेत ल्याइने आइसिसीले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आगामी वर्ष वेल्स र इंग्ल्याण्ड हुने विश्वकप क्रिकेट अघि आइसिसीलेले वर्ल्डकप ट्रफिको वर्ल्ड टुर गर्न लागेको हो ।

आइसिसीका अनुसार नेपालमा आगामी अक्टोबर २७ मा विश्वकप ट्रफी दरबार स्क्वायर यर क्षेत्रमा राखिने छ ।  उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्बरि खिचाउन पाउने जनाइएको छ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । फुटबल विश्वकपको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । विश्वकप ट्रफीको १०० दिने विश्व भ्रमण सोमबारबाट सुरु हुने बताइएको छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

दुबईबाट सुरु हुने विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै ईग्ल्याण्ड पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !