६ आश्विन २०८१, आइतबार

झुक्याएर सामान बिक्री गरे ५ वर्ष कैद, ५० हजार जरिवाना


New_Acts

३० साउन, काठमाडौँ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् ।

ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन भनिएको छ ।

यस्तै दफा १ सय ९ मा खाद्य पदार्थ बाहेक अन्य कम गुणस्तरकोलाई बस्तु तथा सामाग्रीलाई असल भनेर झुक्याएर  बिक्री–वितरण कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

सामान लुकाउने कालाबजारीयालाई पनि ५ वर्ष कैद

मुलुकी अपराध संहिताको दफा १ सय १० ले सामान लुकाई कृत्रिम अभाव खडा गर्ने कालाबजारियालाई कडा कानुनको व्यवस्था गरेको छ ।

सो दफामा बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुने भनिएको छ । उपदफा १ मा भनिएको छ–‘कसैले कुनै उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव खडा गरी त्यस्तो वस्तुको मूल्य वृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा बिक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको बिक्रीबाट अनुचित नाफा लिने उद्देश्यले त्यस्तो वस्तु बिक्री वितरण नगरी थुपार्न वा सञ्चित गरी राख्न वा जम्माखोरी गर्न हुँदैन ।’

यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस् : मुलुकी देवानी संहिता भदौ १ देखि कार्यान्वयन हुँदै

यो पनि पढ्नुहोस् : सामाजिक संजाल चलाउनुहुन्छ ? होसियार यसो गरे हुनसक्छ तीन वर्षसम्म कैद

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !