६ जेष्ठ २०८१, आइतबार

प्रदेश नं ३ : प्रदेशसभाको बैठक सोमबार बस्ने 


प्रदेशसभा

२७ साउन, हेटौँडा । प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ ।

गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो । प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु