६ आश्विन २०८१, आइतबार

चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ


Fire at hall in Hetauda4

२३ साउन, हेटौँडा । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ ।

बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । चलचित्र हलभित्रबाट शुरु भएको आगलागी अहिले झनै बाहिरसम्मै आइपुगेको छ ।

आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !