३ मंसिर २०८१, सोमबार

घरजग्गा कारोवारबाट दुई करोड २८ लाख राजश्व


tax-money

१७ साउन, म्याग्दी । जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गवत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव २०७३÷७४ मा एक हजार ९०८ रजिस्टे«शन पास हुँदा रु एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२÷७३ मा दुई हजार २५२ रजिस्टे«शन पास हुँदा रु एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोवार बढेको पौडेलले बताउनुभयो । गत आवमा रु एक करोड ८३ लाख ४२ हजार राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !