६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभामा शोक प्रस्ताव पारित


Upper House राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सांसद । तस्बिर ः रोशन सापकोटा, रासस

१६ साउन, काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित ग¥यो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहनुभएको जोशीको हिजो काठमाडाँैस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक भोलि साउन १७ गते दिनको ११.३० बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु