२ मंसिर २०८१, आइतबार

डिएपी मलको माग बढ्दो


fertilizers

१५ साउन, लहान ।  जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी मलको आपूर्ति घट्दै गएको छ ।

अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो ।

गत आर्थिक वर्ष ०७३÷७४ मा चार हजार ७६६ मेट्रिक टन अर्थात ९५ हजार ३२० बोरा डिएपी मल आपूर्ति भएकामा आर्थिक वर्ष ०७४÷७५ मा त्यसको आधा दुई हजार ९८८ अर्थात ५९ हजार ७६० बोरा मात्र डिएपी मल आपूर्ति भएको जनाइएको छ ।

साउन महिनामा मात्र ३० हजार बोरा डिएपी मल खपत हुनेमा अहिले दुई हजार ५०० बोरा मात्र आपूर्ति भएकोले डिएपी मलको चरमआभाव भएको उक्त कम्पनीका जिल्ला प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

डिएपी मलको माग बढ्ेकाले आपूर्तिका लागि केन्द्रमा पटक÷पटक पत्राचार गरे पनि हालसम्म प्राप्त नभएको मल आउने बितिकै वितरण थालिने उहाँको भनाइ थियो ।

सिरहामा यसवर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ६५ प्रतिशत जग्गामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !