१२ पुस २०८१, शुक्रबार

कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति


नारायणकाजी श्रेष्ठ

साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले पनि आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
Narayankajiब्यबसायी दुर्गा प्रसाईंले बाँगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ।यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ।सरकारको गम्भीर ध्यान जाओस ।

श्रेष्ठले सामाजिक संजालमा टुइटरमा यसबारे आफ्नो धारणा राख्दै तामाङको टिप्पणी दुखद रहेको उल्लेख गरेका छन् । तामाङको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !