९ असार २०८१, आइतबार

अफगानिस्तानकामा सुरक्षाकर्मी हताहत हुने क्रम घटेन


Afgansthan

४ साउन, कान्दाहार, अफगानिस्तान ।  अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) नेटो र अमेरिकी सेना प्रायःअफगानिस्तान छोडेका थिए ।

यहाँ बाँकी रहेका केही नेटो आवद्ध र अमेरिकी सेनाले पनि तालिबान आतङ्ककारी समूहले अफगानिस्तानमा सुरक्षा प्रदान गर्दैैै आएका छन् ।

बाँकी रहेका सेनाले अफगान सुरक्षालाई तालिम दिने र सरसल्लाह दिनेमा बढी केन्द्रित रहेका छन् ।

सन् २०१५ को जनवरीबाट अफगान सुरक्षाबलले नै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा लिएको जनाएको छ । तर पनि यहाँ सर्वसाधारण र सुरक्षाकर्मीको हताहत भने घटेको छैन ।

शुक्रबार मात्र पनि अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएका छुट्टाछु«टै झडपमा आठ सुरक्षा अधिकारीको मृत्यु भएको छ । त्यसैगरी यस झडपमा १८ तालिबान आतङ्ककारी पनि मारिएका छन् ।

सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका ओसामा बिन लादेनलाई खोजीगर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो ।

तालिवान विरुद्धको युद्ध मैदानबाट नेटो सेना घर फर्किँदा उनीहरुमा जेजस्तो खुसियाली छाएको थियो, त्यसरी ढुक्क हुने अवस्था भने सबै अफगान नागरिकमा देख्न पाइएको छैन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !