१२ असार २०८१, बुधबार

महिला अधिकारकर्मी सम्मानित


Samman

४ साउन, काठमाडौँ । महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्मी सम्मानित हुनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौँ), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो  ।

Samman1
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा राष्ट्रिय महिला आयोगद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर)लाई सम्मान गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

यसैगरी सम्मानित हुनेमा मायाँ गुरुङ (ताप्लेजुङ), बबिताकुमारी जैसवाल (बारा), उमाकुमारी सुवेदी (मकवानपुर), रीता शर्मा (बागलुङ), शारदा डाँगी (रुकुम), तीर्थकुमारी जिसी (सुर्खेत) र देवकुमारी खाती (बाजुरा) हुनुहुन्छ । सम्मानित हुनेलाई १५ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उहाँहरुलाई सम्मान एवं नगद पुरस्कार अर्पण गर्दै महिला अधिकारको क्षेत्रमा रहेको संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो ।

उहाँले अब राष्ट्रिय महिला आयोगले संवैधानिक आयोगका रुपमा काम गर्ने बताउँदै यसका लागि आवश्यक कार्यहरु मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !